★ 4.8/5 TripAdvisor★ 4.7/5 Google★ 4.7/5 TourRadar
Enjoy Up to 45% OffView Deals
+977 9810650405[email protected]
TripAdvisor · Travelers’ Choice 2025
Travelers’
Choice 2026

Nepal · Spiritual Journey

Kailash Manasorvar Yatra for Nepali Citizen (कैलाश मानसरोवर यात्रा)

10 Days
Difficulty · 3/5
Max 5650
Group 8–50 pax
US$145,000
/ person
Duration
10 Days
9 nights
Max Altitude
5650
Highest point
Difficulty
3
3 out of 5
Group Size
8–50
people
Best Season
जेठ (Jestha), असार (Ashar), साउन (Shrawan) , भदौ (Bhadra) ,आश्विन (Ashwin)

Trip Overview

 

कैलास मानसरोवर — कैलास मानसरोवर हिन्दु, बौद्ध, जैन र बोन धर्मका अनुयायीहरूका लागि अत्यन्त पवित्र धार्मिक स्थल मानिन्छ। यस क्षेत्रभित्र रहेको कैलास पर्वत र मानसरोवर ताललाई धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले विश्वकै महत्वपूर्ण तीर्थस्थलहरूमा एक मानिन्छ।

हिन्दू, बौद्ध, जैन र बोन धर्मका अनुयायीहरूको लागि अत्यन्त पवित्र तीर्थस्थल मानिने कैलास मानसरोवर यात्रा तपाईंको जीवनको एक विशेष अध्याय बन्न सक्छ। यो यात्रा केवल शारीरिक भ्रमण मात्र होइन, आत्मा र मनको शुद्धिकरण गर्ने एक अनुपम अवसर हो।

कल्पवृक्ष नजिक रहेको मानसरोवर ताललाई पवित्र जलको भण्डार मानिन्छ, जहाँ स्नान गर्दा पापबाट मुक्ति मिल्ने विश्वास छ। यो ताल भगवान ब्रह्माले भगिरथको तपस्याबाट उत्पन्न गर्नुभएको मानिन्छ।

कैलास मानसरोवर यात्रा तपाईंको जीवनको एक विशेष अध्याय बन्न सक्छ। यो यात्रा केवल शारीरिक भ्रमण मात्र होइन, आत्मा र मनको शुद्धिकरण गर्ने एक अनुपम अवसर हो।

हिमालयन सोशल जर्नी को अनुभवी टिमसँग यात्रामा निस्कँदा तपाईंको सुरक्षा, सहजता र आध्यात्मिक अनुभव सुनिश्चित हुन्छ। हामी तपाईंलाई काठमाडौंदेखि कैलास पर्वत र मानसरोवर तालसम्मको सम्पूर्ण यात्रा व्यवस्थित रूपमा गराउँछौं — यात्राको प्रत्येक पाइलामा तपाईंको साथ र सहारा बन्ने वाचा गर्दै

Photo Gallery

Day-by-Day Itinerary

01
Day 1
पहिलो दिन : काठमाडौँ देखि टिमुरे / तातोपानी कोडारी - ७ घण्टा
बिहानको खाना / दिउँसोको खाना / रातिको खाना

 

हामी तपाईलै तपाइको आफ्नो  घर बाट पिक  गरेर  यात्रा सुरु गर्नेछौं। टोखा, शिवपुरी, नुवाकोट हुँदै बिहानको १०-११ बजे बत्रसुली, बेत्राबती बजारमा पुगेर  खाना  खानेछौ । केही समयको बिश्रामपछि बेत्राबती कार्लका स्थान हुँदै लाङटाङ राष्ट्रिय उद्यानको क्षेत्रमा—धुन्चे बजारतर्फ जाँदै, सुन्दर रमणीय हिमाल, पहाड र प्राकृतिक सौन्दर्यलाई आँखामा सजाउँदै, भोटेकोसी नदीको किनारै किनार हटमुरे/घट्टे खोला पुग्नेछौं।

02
Day 2
दोस्रो दिन – टिमुरेदेखि केरुङसम्मको यात्रा : जम्मा दूरी २४ किमी, उचाइ २७०० मिटर, यात्रा समय करिब ३ घण्टा।
बिहानको खाना / दिउँसोको खाना / रातिको खाना

 

बिहानको ताजा हावामा नास्ता सकेपछि दोस्रो दिनको यात्रा सुरु हुन्छ। टिमुरेबाट झण्डै १०–१५ मिनेटको पैदल यात्रा पश्चात नेपाल–चीन (तिब्बत) सीमामा पुगिन्छ। नेपाली पक्षको अध्यागमन प्रक्रिया सम्पन्न गरेपछि चीनको सिमानामा प्रवेश गरिन्छ, जहाँ करिब १–२ घण्टा चीन अध्यागमन (इमिग्रेशन) प्रक्रिया पूरा गर्न लाग्न सक्छ।

प्रवेश प्रक्रियापछि चीनतर्फका गाइडहरूले परम्परागत स्वागतस्वरूप खादा माला लगाएर स्वागत गर्छन्। त्यसपछि आरामदायी बसमा बसेर केरुङतर्फको यात्रा अघि बढ्छ। यात्राका क्रममा धूपी र सल्लाको हरियो जङ्गल पार गर्दै, हिमालको मनोरम दृश्य अवलोकन गर्दै कयौं घुम्तीहरू पार गरिन्छ।

लगभग १ घण्टाको रमाइलो ड्राइभपछि हामी हिमालको काखमा अवस्थित सुन्दर सहर केरुङ पुग्छौं। केरुङ समुद्री सतहबाट करिब २७०० मिटरको उचाइमा अवस्थित छ, जहाँ पुगेर हामी मध्यान्हको खाना (लञ्च) लिन्छौं।

खानापछि केही समय विश्राम गरिनेछ। साँझपख हामी केरुङ सहरको स्थानीयरूपमा चर्चित मन्दिरहरू, बजार क्षेत्र र स्थानीय सांस्कृतिक स्थानहरूको अवलोकन भ्रमणमा निस्कन्छौं।

दोस्रो दिनको रात केरुङस्थित स्ट्यान्डर्ड होटल मा विश्राम गरेर, शरीरलाई उचाइसँग अभ्यस्त गराउँदै भोलिको यात्राको तयारी गरिनेछ।

03
Day 3
तेस्रो दिन – केरुङदेखि साङ्गासम्मको यात्रा (१६९ किमी | ४५०० मि | करिब ४ घण्टा)
बिहानको खाना / दिउँसोको खाना / रातिको खाना

 

बिहान नास्ता पश्चात तेस्रो दिनको यात्रा सुरु हुन्छ। यात्रा आरम्भसँगै हामी नेपालका मनमोहक हिमालहरूलाई बिस्तारै पछाडि छाड्दै अघि बढ्छौं। बाटोभरि पुराना मठ–मन्दिर, झरना, र बन्यजन्तुहरूको रमणीय दृश्य अवलोकन गर्दै यात्रा थप रोमाञ्चक बन्छ।

यो दिनको मुख्य आकर्षण भनेको घुन्टाला पास (५२२६ मिटर) वा वैकल्पिकरूपमा सुरुङ मार्ग हुँदै यात्रा गर्नु हो। उचाइमा पुगेसँगै ब्रह्मपुत्र नदीको किनारामा अवस्थित तिब्बतको सुन्दर सहर साङ्गा पुगिन्छ।

साङ्गा पुगेर केही समय विश्राम गरिन्छ। साँझपख हामी साङ्गा सहरको छोटो अवलोकन भ्रमणमा निस्कन्छौं, जहाँ तिब्बती जीवनशैली, स्थानीय बजार, र हिमाली वातावरणको सुन्दर समायोजन अनुभव गर्न सकिन्छ।

04
Day 4
चौथो दिन – साङ्गादेखि मानसरोवरसम्मको यात्रा (४६६ किमी | ४५०० मि | करिब ८–९ घण्टा):
बिहानको खाना / दिउँसोको खाना / रातिको खाना

 

बिहान नास्ता पश्चात चौथो दिनको लामो तर अत्यन्तै रमाइलो यात्रा सुरु हुन्छ। समथर भू–भाग हुँदै अगाडि बढ्दै गर्दा मरुभूमिसँग मिल्दोजुल्दो तिब्बती पठार, कालो टार सडक, र विस्तारै फैलिएको प्राकृतिक उपत्यकाहरूको दृश्यले मन लोभ्याउँछ।

बाटोभरि देखिने हिमाली याक, चौरी गाई, भेडाका बथान, जङ्गली घोडा, अनि नाङ्गा पहाडहरूका काखमा रमाइरहेका जनावरहरूको दृश्यले यात्रालाई झनै रोमाञ्चक बनाउँछ। ब्रह्मपुत्र नदीको उद्गम स्थलको दर्शन गर्दै, नेपालपट्टिका हिमश्रृङ्खलाहरूको झल्को आँखामा सजाउँदै हामी करिब ८–९ घण्टामा ४६६ किमीको यात्रा पूरा गरी होचुम पुग्छौं।

यहाँबाट एकै साथ मानसरोवर ताल र साक्षात भगवान शिव विराजमान रहेको कैलाश पर्वतको अद्भुत दर्शन गर्न सकिन्छ। होचुमस्थित चेकपोस्टमा बस परिवर्तन गर्नुपर्छ, किनभने निजी बसलाई मानसरोवर परिक्रमा अनुमति नहुने हुँदा स्थानीय सरकारी वातानुकूलित बसमा यात्रा अगाडि बढाइन्छ।

त्यसपछि हामी मानसरोवर तालको परिक्रमा गर्दै, छेउमै रहेको राक्षस तालको अवलोकन पनि गर्छौं। साँझपख मानसरोवर तालको किनारमै अवस्थित छु-गुम्बा (Chiu Monastery) पुगेर रातको विश्राम गरिन्छ।

05
Day 5
पाँचौं दिन – मानसरोवरदेखि दाचेनसम्मको यात्रा (४० किमी | ४७०० मि | करिब १ घण्टा):
बिहानको खाना / दिउँसोको खाना / रातिको खाना

 

कैलाश यात्राको विशेष दिन आज बिहानै मानसरोवर तालमा स्नान गरेर दिनको शुभारम्भ गरिन्छ। धार्मिक ग्रन्थहरूका अनुसार बिहान ३ देखि ५ बजेसम्मको समयलाई अत्यन्तै पवित्र मानिन्छ, जस समयमा सम्पूर्ण देवी–देवता र ऋषिमुनिहरू स्नान गर्न आउने विश्वास गरिन्छ। त्यसैले यस समयमा गरिएको स्नान अत्यन्त फलदायी र पुण्यमय हुने मानिन्छ।

स्नान पश्चात यात्रुहरूले पूजा, पितृ श्राद्ध, लाख बत्ती बाल्ने, रुद्राभिषेक, जप, होम, तपस्या लगायतका विविध धार्मिक अनुष्ठानहरू सम्पन्न गर्छन्। मानसरोवर तालको किनारमा बसेर यो आध्यात्मिक कार्य गर्न पाउनु आफ्नै किसिमको दिव्य अनुभव हो।

धार्मिक कार्यहरू सम्पन्न गरेपछि भोजन गरी करिब ४० किमीको छोटो तर विशेष यात्रा आरम्भ हुन्छ। यो यात्रा साक्षात भगवान शिवको निवास कैलाश पर्वतको काखमा अवस्थित दाचेन (Darchen) सम्मको हो। दाचेनलाई कैलाश पर्वतको आधार शिविर (Base Camp) पनि भनिन्छ, जहाँबाट कैलाश परिक्रमा सुरु हुन्छ।

06
Day 6
छैटौं दिन – दाचेनदेखि देरापुकसम्मको पैदल/घोडा यात्रा (१२ किमी | ४९०० मि | करिब ६ घण्टा)
ब्रेकफास्ट, प्याक लञ्च, र डिनर

 

बिहानको नास्ता पछि आजबाट कैलाश पर्वतको परिक्रमा (प्रदक्षिणा) औपचारिक रूपमा सुरु हुन्छ। दाचेनबाट करिब ७ किलोमिटरको बस यात्रापछि हामी यमद्वार पुग्छौं, जसलाई “स्वर्गमा प्रवेश गर्ने द्वार” भनेर पनि चिनिन्छ।

परिक्रमा गर्न नसक्ने यात्रीहरूले यमद्वारको तीन पटक परिक्रमा गरेमा पनि कैलाश परिक्रमा बराबरको पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ। त्यसैले, यमद्वारको दर्शन अत्यन्तै पवित्र मानिन्छ।

यमद्वारबाट परिक्रमा सुरु गर्ने यात्रुहरूले पैदल वा आवश्यक परेमा घोडा अथवा कुल्ली (पोर्टर) सेवा प्रयोग गर्न सक्नुहुन्छ। यस यात्रामा हामी कैलाश पर्वतको पश्चिम भाग, नन्दी कैलाश, र तिब्बती शैलीमा भगवान शिवको त्रिशूल आकृतिलाई पनि अवलोकन गर्न सक्छौं।

करिब ५–६ घण्टाको पैदल यात्रा पछि देरापुक (Dirapuk) पुगिन्छ, जुन स्थान कैलाश पर्वतको धेरै नजिक छ। यहाँबाट बेलुकाको समयमा कैलाश पर्वतको अत्यन्त नजिकबाट मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ – विशेषतः सन्ध्याकालमा देखिने सुनौलो हिमालको चमकले यात्रुलाई मन्त्रमुग्ध बनाउँछ।

अझ बिहान सुर्योदयको समयमा सुनको ढुंगाजस्तै झलमल्ल सुनौलो कैलाश पर्वतको दर्शन एक अविस्मरणीय अनुभव बन्नेछ।

07
Day 7
सातौं दिन – देरापुकदेखि जुथुलपुकसम्मको पैदल/घोडा यात्रा (२२ किमी | ४७९० मि | करिब ८–१० घण्टा):
ब्रेकफास्ट, प्याक लञ्च र डिनर

 

कैलाश मानसरोवर परिक्रमाको दोस्रो दिनलाई सम्पूर्ण यात्रामध्ये सबैभन्दा कठिन मानिन्छ। आज बिहान सुर्य उदाउने बेलामै पैदल यात्रा सुरु हुन्छ। कारण – आजको मार्ग लामो, उचाइ धेरै, र बाटो उकालो–ओरालो गरी अत्यन्त चुनौतीपूर्ण छ।

यस दिन यात्रुहरू बिस्तारै, कछुवाको गतिमा, बाटोमा भेटिने साना टहराहरू (हट हाउस) मा विश्राम गर्दै अघि बढ्छन्। कठिनाईको बाबजुद, यो यात्रा आध्यात्मिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ।

यात्राको मुख्य आकर्षण हो – डोल्मा ला पास (५६२० मिटर), जुन कैलाश परिक्रमारको सबैभन्दा उच्च बिन्दु हो। डोल्मा ला चढेपछि तीव्र ओरालो बाटो हुँदै हामी गौरीकुण्ड (Gaurikund) मा पुग्छौं, जुन धार्मिक दृष्टिले अत्यन्त पवित्र मानिन्छ।

गौरीकुण्ड हुँदै करिब ८–१० घण्टाको लामो यात्रा पछि हामी जुथुलपुक (Zuthulpuk) स्थित गेस्ट हाउसमा पुग्छौं, जहाँ आजको रात विश्राम गरिनेछ।

08
Day 8
आठौं दिन – जुथुलपुकदेखि साङ्गासम्मको यात्रा (४७.९ किमी | ४५०० मि | करिब ८ घण्टा):
ब्रेकफास्ट, लन्च र डिनर

 

सूर्योदयअगावै चिया– खाना खाएर हामी पुनः पैदल यात्रा सुरु गर्छौं। करिब ८ किलोमिटरको दूरी झन्डै २ घण्टामा पार गर्दै अन्तिम बिन्दुमा पुग्दा हाम्रो चिनियाँ गाइडले स्वागत गर्नुहुनेछ।

पूर्ण परिक्रमा सम्पन्न भएपछि सामूहिक रूपमा सम्झनाको लागि फोटो खिच्दै हामी खुसीसाथ दाचेन फर्कन्छौं।

बिहानको ब्रेकफास्टपछि दाचेनबाट साङ्गासम्मको यात्रामा निस्कन्छौं।

 

09
Day 9
नवौं दिन – सागा देखि केरुङ यात्रा (१६० कि.मी / २९०० मि / ४ घण्टा)
ब्रेकफास्ट, लन्च र डिनर

 

बिहानको खाजापछि हामी सागाबाट केरुङतर्फ यात्रा आरम्भ गर्छौं। तिब्बतको मनोरम दृश्यहरू अवलोकन गर्दै करिब ४ घण्टाको यात्रा पछि चीन-नेपाल सीमासँग नजिक केरुङ नगर पुगिन्छ, जहाँ रात्री विश्राम हुनेछ।

10
Day 10
दशौं दिन – केरुङदेखि काठमाडौंको यात्रा: लगभग १८९ किमी दूरी, करिब ७ घण्टा यात्रा।
बिहानको नास्ता र दिउँसोको खाना (लन्च) मात्र।

 

बिहान ब्रेकफास्ट गरेपछि चीन–नेपाल रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्नेछौं। नेपालतर्फको होटलमा खाना खाइसकेपछि बसमार्फत काठमाडौंतर्फको यात्रा हुनेछ। पशुपतिनाथबाट सुरु भएको हाम्रो पवित्र कैलास मानसरोवर यात्रा आज १० दिनपछि यहीँ आइपुगेर सम्पन्न हुनेछ।

What’s Included

Included
चीन भिसा प्रक्रिया, निमन्त्रण पत्र (Invitation Letter)
भिसा शुल्क
होटल र गेस्ट हाउसको व्यवस्था
नेपाल–तिब्बत मार्ग अनुसार बस सुविधा, आवश्यक सामान ढुवानी, र याक सेवा।
शुद्ध शाकाहारी भोजनको व्यवस्था (तातोपानी, चिया, बिस्कुट, ब्रेकफास्ट, लञ्च र डिनर)
कैलाश यात्रा सम्पन्न गर्न आवश्यक पर्ने सबै आधिकारिक कागजात तथा अनुमति प्रक्रियाहरू
मानसरोवर परिक्रमा गर्नका लागि लाग्ने विशेष अनुमतिशुल्क (Permit Fee)
नेपाली गाइड, चिनियाँ गाइड, नेपाली कुक तथा अनुभवी नेपाली सहयोगी टोली (स्टाफ)
कम्पनीको तर्फबाट झोला, स्लीपिङ ब्याग, न्यानो ज्याकेट, टोपी, पासपोर्ट राख्ने झोला तथा रुद्राक्ष माला
प्राथमिक उपचारका लागि आवश्यक औषधिहरू, अक्सिजन सिलिन्डर, ब्लडप्रेशर मेसिन, अक्सिमिटर आदि
Not Included
व्यक्तिगत खर्च (घोडा, कुल्ली) , मिनरल पानी, विभिन्न प्रकारका जुस, कोल्ड ड्रिङ्क, एनर्जी ड्रिङ्क आदि
आकस्मिक उद्धारका लागि लाग्ने अतिरिक्त खर्च, औषधी तथा उपचार खर्च
यात्रा बीमा (भ्रमण इन्सुरेन्स )
यात्राको निर्धारित कार्यक्रम बाहेक व्यक्तिगत रूपमा गरिने यात्रा तथा गतिविधिहरूका लागि लाग्ने अतिरिक्त खर्च
प्राकृतिक विपत्तिहरू (बाढी, पहिरो, भूकम्प), राजनीतिक आन्दोलन, बन्द तथा अस्थिर सरकारी नयाँ नियमहरूका कारण यात्रामा आउने बाधा र त्यसबाट हुने अतिरिक्त खर्च

Frequently Asked Questions

 

यात्रा प्रारम्भ हुनुभन्दा कम्तीमा १५ दिनअघि यात्रुको सक्कल राहदानी, चीन भिसा प्रक्रियाका लागि आवश्यक विवरणहरू सहितको जानकारी, र यात्रुको हस्ताक्षर अनिवार्य हुनेछ।

 

भिसा प्रक्रियाका लागि यदि कुनै कारणवश चीन दूतावासले व्यक्तिगत उपस्थितिका लागि बोलाएमा, यात्रुले तोकिएको समयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्छ।

 

लुगाफाटो:

  • विन्ड प्रुफ ज्याकेट – १ थान

  • तौलिया – १ थान

  • वासिङ किट (ब्रश, पेस्ट, साबुन आदि) – १ सेट

  • वर्षातका लागि रेनकोट / प्लास्टिक – १ थान

  • प्यान्ट – आवश्यक संख्या

  • क्याप / टोपी – १ थान

  • स्वेटर – १ थान

  • टिसर्ट – ४ थान

  • थर्मल कोट वा न्यानो लामो बाहुला टिसर्ट – २ थान

खुट्टा र हातका सामग्री:

  • ट्रेकिङ जुत्ता – १ जोडी

  • चप्पल – १ जोडी

  • न्यानो मोजा – ५ जोडी

  • न्यानो पञ्जा – १ जोडी

स्वास्थ्य र हिफाजत:

  • तातोपानी राख्ने बोतल (१ लिटर क्षमताको) – १ थान

  • सनस्क्रिन क्रिम (UV50+)

  • च्यापस्टिक

  • मास्क – आवश्यक संख्या

अन्य जरूरी सामग्री:

  • चस्मा (घाम वा धुलोबाट जोगिन)

  • हेडलाइट वा टर्च

  • ब्याट्री र ब्याकअप पावर

  • सानो चक्कु

  • सियो, धागो, टाँका लाग्ने सामग्री

  • लाइटर

 

  • धार्मिक गुरु दलाई लामासँग सम्बन्धित कुनै पनि सामग्री (जस्तै: फोटो, पत्रपत्रिका, लेख आदि) प्रयोग गर्न नपाइनेछ।

  • यात्रालाई सहज बनाउनका लागि ड्राइफुड (काजु, किसमिस, पिस्ता, बदाम, छोकडा, चकलेट, सातु आदि) बोक्न सुझाव दिइन्छ

  • दैनिक रूपमा प्रयोग हुने आफ्ना व्यक्तिगत औषधीहरू (जस्तै: प्रेसर, सुगर, थाइराइड, कोलेस्टेरोल, अस्थमा आदि) अनिवार्य रूपमा बोक्नु पर्नेछ

  • कैलाश क्षेत्रभित्र केवल चिनियाँ मुद्रा (RMB) मात्र मान्य हुनेछ। कृपया काठमाडौँमै परिवर्तनको व्यवस्था गर्नुहोस्

US$145,000
/ person
Free cancellation · Lifetime deposit guarantee
18+ years experience · 2,004+ TripAdvisor reviews
✓ US$29000 deposit secures your spot
Why Trek with HSJ
Small GroupsMax 12 trekkers for a personal experience
Local Sherpa GuidesBorn & raised in the Himalaya
All Permits IncludedNo hidden fees or surprises
WhatsApp usPlan my trip